Ladda ner PDF
Tillbaka till listan med berättelser

अगोस्टिनोको कथा

Skriven av LIDA Italia

Illustrerad av Billie Cejka Risnes

Översatt av Anup Aryal

Uppläst av Sakshi Karmacharya

Språk nepali

Nivå Nivå 5

Läs hela berättelsen

Reading speed

Automatisk avspälning


मेरो नाम अगोस्टिनो हो र म ५१ वर्षको भएँ। मेरो काम साइकल चलाएर विभिन्न ठाउँमा खाना पुर्‍याउनु हो। मेरा दुई छोरीहरू छन्, तर हामी कहिल्यै बोल्दैनौं। तिनीहरूको आमा र म अहिले सँगै बस्दैनौँ किनभने हाम्रो सम्बन्ध विच्छेद भइसकेको छ।


म मेरी आमासँग बस्छु, किनकि म सम्बन्ध विच्छेद पछि एक्लै घर भाडा तिर्न सक्दिन। यो शहरमा भाडा धेरै महँगो छ।


केही महिनाअघि म एउटा कम्पनीमा चौकीदारको रूपमा काम गरिरहेको थिएँ। मैले भाँचिएका सामानहरू मर्मत गरेँ, बाकसहरू बोकेँ, र कसैलाई आवश्यक पर्दा मद्दत गरेँ। एक दिन कम्पनीले मलाई निकाल्यो। मैले कारण भने बुझिन।


मैले धेरै मानिसहरूलाई साइकलबाट खाना पुर्याउदै गरेको देखें। म साइकल चलाउन सक्छु, त्यसैले मैले ठुलो डेलिभरी कम्पनीको ढोका ढकढक्याएँ। तिनीहरूले मलाई प्रत्येक डेलिभरीको लागि तीन युरो प्रस्ताव गरे। म प्रति दिन ४० युरो कमाउँछु, ६० युरो यदि म धेरै भाग्यशाली भएँ र ग्राहकहरूले मलाई टिप दिए भने।


मैले न कुनै तलबी बिदा, न कुनै बिरामी खर्च, शायद नै कुनै अधिकार पाएँ। मलाई यो ठीक त लाग्दैन तर मलाई जागिर चाहिएको छ। अन्य अधिकांश कर्मचारीहरू विश्वभरका आप्रवासीहरू हुन्।


यो ढुवानीको काम गर्ने धेरै मान्छेहरू दिनहुँ दुर्घटनामा पर्छन् र घाइते हुन्छन्। त्यसपछि, जब एक २५ वर्षीय ढुवानीकर्ताकाे एक कारले ठक्कर दिएर मृत्यु भयो, तब मात्र अधिकारीहरूको हामीप्रति ध्यानाकर्षण भयो। उसको मृत्यु पछि मात्र हामीप्रति ध्यान दिनु लज्जास्पद कुरा हो।


अन्य कम्पनीहरूका कर्मचारीहरूसँग मिलेर मैले स्थानीय युनियनबाट कामदारहरूको अधिकारको ज्ञान लिएँ। उनीहरूले हामीलाई निःशुल्क कानुनी सल्लाह दिए। हामीले थप मान्यता र अधिकार प्राप्त गर्न सङ्घर्ष गर्यौं।


लामो समयपछि हाम्रो सबै मिहिनेतले सार्थकता पाएको छ। एउटा ठुलो डेलिभरी कम्पनीले भारी जरिवाना तिर्नुपरेको थियो र कामदारहरूलाई स्थायी जागिर दिनुपरेको थियो। यो संसारमा कतै भएको पहिलो पटक थियो। स्थितिमा सुधार हुन थालेको जस्तो लाग्यो।


Skriven av: LIDA Italia
Illustrerad av: Billie Cejka Risnes
Översatt av: Anup Aryal
Uppläst av: Sakshi Karmacharya
Språk: nepali
Nivå: Nivå 5
Creative Commons Licens
Detta verk är licensierat under en Creative Commons Erkännande 4.0 Internationell Licens.
Valmöjligheter
Tillbaka till listan med berättelser Ladda ner PDF