किपलाई चाउचाउ खान मन लाग्छ।
キップは、麺類が食べたい気持ちになりました。
किपले आफ्नो एक साथीलाई बाहिर गएर केही खाम् भनी बोलाउँछ।
一緒に行こうと友達を誘いました。
उनीहरू खाने ठाउँ खोज्छन्।
彼らは、食事ができる場所を探しました。
उनीहरूले चाउचाउ बेच्ने एउटा ठाउँ भेट्टाउँछन्।
麺類を売っているところを見つけました。
किप र उसको साथीले एउटा खाली टेबल फेला पार्छन्।
キップと彼の友達は、空いているテーブルを見つけました。
उनीहरू बस्छन् र वेटरलाई बोलाउँछन्।
その席に座ってから、ウェイターを呼びました。
वेटर आउँछ। किपले चाउचाउ मँगाउछ।
ウェイターがやってきて、キップは麺を頼みました。
उसको साथीले पनि चाउचाउ नै मँगाउछ।
彼の友達も、麺を頼みました。
उनीहरू दुवैलाई एक गिलास पानी दिइन्छ।
それぞれコップ1杯の水をもらいました。
उनीहरूले चटनी र नुन थप्छन् र चाउचाउलाई चलाउछन्।
ソースと塩を加えて、かき混ぜて麺と馴染ませました。
किप र उसको साथीले चाउचाउ खान्छन्। चाउचाउ स्वादिष्ट छ।
キップと友達は、麺を食べました。麺はとてもおいしかったです。