एडसनको जन्म अंगोलामा भएको थियो, साे देश स्वतन्त्र भए लगतै। ऊ एकदमै अग्लो थियो। उसको उचाईका कारण ऊ अरू भन्दा अलग देखिन्थ्यो। जनयुद्धमा सिपाही भएर लड्न बालबालिकालाई हतियार दिने मानिसहरूले ऊ जस्तै केटाहरू चाहन्थे।
उनीहरूले उसलाई लैजान्छन् की भन्ने डर उसको आमालाई थियो, त्यसैले उहाँले उसलाई काकीसँग पोर्चुगलमा बस्न पठाउने निर्णय गर्नुभयो। उहाँले सोच्नुभयो कि उ त्यहाँ सुरक्षित हुनेछ।
त्यहाँ सुरुवाती दिनहरूमा उसलाई धेरै गाह्रो भयो, किनकि एडसनले न्यानो मौसम, परम्परागत खाना र सबैभन्दा धेरै, आफ्नी आमाको अथाह माया सम्झिन्थ्यो।
उसलाई पोर्चुगलको भाषा राम्रोसँग बोल्न आउदैनथ्यो र आफ्नो कक्षामा पढाएको कुरा र आफ्ना सहपाठीहरूको कुराकानी बुझ्न उसलाई धेरै गाह्रो भएकाे थियो। पोर्चुगल आउनु राम्रो हो कि होइन भनेर उसले सोच्न थाल्यो।
एक दिन एक शिक्षकले एडसनले बास्केटबल धेरै राम्रो खेलेको ख्याल गरे। ऊ त्यसपछि बास्केटबल टोलीमा सामेल भयो र धेरै सफल भयो। ऊ विद्यालयमा लोकप्रिय भयो र धेरै साथी बनायो। ऊ आफू पनि थप आत्मविश्वासी भयो।
अब जब ऊ ठुलो भइसकेको छ, एडसनले शरणार्थी बालबालिका र समाजबाट बहिष्कृत हुने जोखिममा रहेकाहरूलाई तालिम दिन्छ। पहिला उसको उचाइले उसलाई बाल सैनिक बन्ने खतरामा पारेको थियो। अहिले, उसको उचाइले उसलाई आफू र अरूलाई सुरक्षित महसुस गराउने बल दिन्छ।