मेरो नाम मलिक हो र म ३९ वर्षको भएँ। मेरो जन्म अफ्गानिस्तानमा भएको थियाे। मेरो धर्म अफ्गानिस्तानको मुख्य धर्म भन्दा फरक छ।
धेरै वर्षदेखि मेरो धर्मका मानिसहरूलाई सताइएको छ। यसले गर्दा मेरो परिवारलाई धेरै गाह्रो भएको छ।
केही वर्षअघि एउटा युद्ध भएको थियो। मलाई पनि मार्छन् कि भन्ने डर थियो। म मेरो परिवार छोडेर नयाँ जीवन सुरु गर्न युरोप गएँ।
म धेरै लामो बाटो हिँडें। कहिलेकाहीँ मसँग खानेकुरा र बस्ने ठाउँ पनि हुँदैन थियो। मसँगै यात्रा गरेका केही व्यक्तिहरू मरे।
अन्ततः म आइपुगें। मैले आफ्नै देशका केही मानिसहरूलाई भेटे जसले मलाई मद्दत गरे। मलाई थाहा छैन म तिनीहरू बिना के गर्ने थिएँ।
मैले भाषा सिक्न थाले, तर त्यो गाह्रो थियो। जागिर पाउनको लागि भाषा बोल्नु महत्त्वपूर्ण छ भन्ने मलाई थाहा थियो।
मैले भाषा सिक्न सुरुमा धेरै वर्ष अध्ययन गरें। यो गाह्रो थियो, तर मलाई नयाँ कुरा सिक्न रमाइलो लाग्छ।
पढेपछि काम गर्न थालेँ। पहिले मैले होटेलमा काम गरेँ, र त्यसपछि म शिक्षक भएँ किनभने म अरूलाई मद्दत गर्न चाहन्छु।
म एक दिन अफ्गानिस्तान फर्कने आशा गर्छु। त्यहाँ धेरै मानिसहरूलाई मद्दत चाहिएको छ र म तिनीहरूलाई मद्दत गर्न चाहन्छु।