माई चलचित्र हेर्नको लागि एउटा चलचित्र खोज्छिन्। उनी आफ्नो सबैभन्दा मिल्ने साथी लिसासँग सिनेमा जान चाहन्छिन्।
Mai letar efter en film att se på. Hon vill gå på bio med sin bästa vän Lisa.
माई आफ्नो स्कुटर चढेर सिनेमा हलतिर जान्छिन्। उनीहरूले त्यहाँ भेट्ने सल्लाह गरेका छन्।
Mai tar sin scooter till bion. De har kommit överens om att träffas där.
सिनेमामा उनीहरूले एक अर्कालाई भेट्छन् र अभिवादन गर्छन्। उनीहरू चलचित्र हेर्न उत्साहित छन्।
Vid bion säger de hej. De är uppspelta över att se filmen.
माईले टिकट काउन्टरमा दुवैको लागि टिकट किन्छिन्।
Mai köper biljetter till dem båda vid biljettdisken.
उनी मकैको फूलको एउटा ठुलो डब्बा पनि किन्छिन्।
Hon köper också en stor hink popcorn.
लिसाले मकैको डब्बा समात्छिन् र माईले त्यस बेला दुई बोतल सोडा किन्छिन्।
Lisa tar popcornen medan Mai köper två flaskor läsk.
उनीहरू चलचित्र हेर्न भित्र जानुअघि टिकट देखाउँछन्।
De visar sina biljetter innan de går in för att se filmen.
उनीहरू आफ्नो बस्ने ठाउँ खोज्छन्। चलचित्र सुरु भइसकेकोले गर्दा त्यहाँ अँध्यारो छ।
De letar efter sina platser. Det är mörkt för att filmen har redan börjat.
उनीहरू चलचित्र हेर्न बस्छन्।
De sätter sig ner för att se filmen.
यो प्रेम प्रसङ्गयुक्त चलचित्र हो। त्यो उनीहरूको मन पर्ने विधा हो।
Det är en romantisk film. Det är deras favoritsort.
चलचित्र सकिएपछि उनीहरू एक अर्कालाई अलबिदा भन्छन् र आ-आफ्नो घरतिर लाग्छन्।
Efter filmen säger de hej då och åker hem.