“हजूर, मेरो श्रीमान् र मेरा दुई छोरी र एक छोरा छन्।”
「はい、私と夫には娘がふたり、息子がひとりいます」
“मेरा पनि दुई छोरी छन्, तर मेरो सम्बन्ध विच्छेद भइसक्यो।”
「私にもふたりの娘がいますが、夫とは別れました」
“तिम्रा छोरीहरू कति वर्षका भए?”
「娘さんたちは、おいくつですか?」
“मीना चार वर्षकी भइन्। उनी शिशु-विद्यालय जान्छिन्। मिरियम दस वर्षकी भइसकिन् , त्यसैले उनी विद्यालय जान्छिन्।”
「ミナは4歳です。ようちえんに通っています。ミリアムは10歳で、学校に通っています」
“मेरा सबै छोराछोरी विद्यालय जान्छन्। मेरो छोराले अर्को वर्ष पढाई सकाउनेछ।”
「私の子どもたちはみんな学校に通っています。息子は来年、卒業します」
“धेरै राम्रो! छोराछोरी कति छिटो हुर्किछन् है। पढाई सकेपछि छोरा के गर्न चाहन्छन्?”
「おめでとうございます!子どもたちの成長はとても早いですね。息子さんは卒業したあとに、何をしたいのですか?」
“ऊ जागिर खान चाहन्छ, तर म उसलाई बरु विश्वविद्यालय जानुपर्छ र अझै पढ्नुपर्छ भन्छु।”
「息子は働こうと考えていますが、私は息子に、大学に進学したほうがいいと伝えています」
“धेरै राम्रो कुरा गर्नुभयो। म पनि आशा गर्छु कि मेरा छोराछोरीहरू कुनै दिन विश्वविद्यालय जानेछन्।”
「いい考えですね。私も子どもたちには、いつか大学で学んでほしいと思っています」