“के तिम्रो परिवार छ?”
“Do you have any family?”
“हजूर, मेरो श्रीमान् र मेरा दुई छोरी र एक छोरा छन्।”
“Yes, my husband and I have two daughters and a son.”
“मेरा पनि दुई छोरी छन्, तर मेरो सम्बन्ध विच्छेद भइसक्यो।”
“I also have two daughters, but I’m divorced.”
“तिम्रा छोरीहरू कति वर्षका भए?”
“How old are your daughters?”
“मीना चार वर्षकी भइन्। उनी शिशु-विद्यालय जान्छिन्। मिरियम दस वर्षकी भइसकिन् , त्यसैले उनी विद्यालय जान्छिन्।”
“Mina is four years old. She goes to preschool. Miriam is ten, so she goes to school.”
“मेरा सबै छोराछोरी विद्यालय जान्छन्। मेरो छोराले अर्को वर्ष पढाई सकाउनेछ।”
“All of my children are in school. My son will graduate next year.”
“धेरै राम्रो! छोराछोरी कति छिटो हुर्किछन् है। पढाई सकेपछि छोरा के गर्न चाहन्छन्?”
“That is great! They grow up so fast. What does he want to do afterwards?”
“ऊ जागिर खान चाहन्छ, तर म उसलाई बरु विश्वविद्यालय जानुपर्छ र अझै पढ्नुपर्छ भन्छु।”
“He wants to get a job, but I tell him he should go to university instead.”
“धेरै राम्रो कुरा गर्नुभयो। म पनि आशा गर्छु कि मेरा छोराछोरीहरू कुनै दिन विश्वविद्यालय जानेछन्।”
“That’s a good idea. I also hope my children will go to university someday.”