अलीको सर्ट पुरानो भएको छ। उसलाई नयाँ सर्ट चाहिएको छ।
Ali’s shirt is old. He needs a new one.
ऊ नयाँ लुगा खोज्न सपिङ मल जान्छ।
He goes to the shopping mall to look for new clothes.
त्यहाँ उसले कपडा-पसल फेला पार्न सक्दैन।
In the shopping mall he cannot find the clothing store.
ऊ एउटा अर्को पसलमा गएर निर्देशन सोध्छ। “लुगा किन्ने पसल कता छ?” उसले सोध्छ।
He goes into a shop to ask for directions. “Where can I buy clothes?” he asks.
पसलेले सपिङ मलको अर्को छेउतिर औंल्याउँछ। कपडा पसल ठ्याक्कै उता तिर छ!
The shopkeeper points to the other side of the mall. The clothing store is on the opposite side!
अलि कपडा पसल भित्र जान्छ र सर्ट हेर्छ। उसका लागि सर्टहरू धेरै ठुला छन् र धेरै महँगा पनि छन्।
Ali goes in and looks for a shirt. The shirts are too big for him, and quite expensive.
उसले सर्टको सट्टा नयाँ जोडी सुरुवाल किन्छ किनभने सुरुवालहरू छुटमा उपलब्ध थिए। उसले अर्को महिना तलब पाएपछि सर्ट किन्ने निर्णय गर्छ।
He buys a new pair of trousers instead because they are on sale. He decides he will buy a shirt next month when he gets his salary.