ダウンロード(PDF)
物語のリストに戻る

जागिर खोज्दै 仕事を探す

作者 Espen Stranger-Johannessen

絵 Sunniva Høiby-Øiset

翻訳 Anup Aryal

朗読 Sakshi Karmacharya

言語 ネパール語

レベル レベル 4

物語全体の朗読

読書速度

物語の自動再生


अलिशालाई जागिर खोज्नु पर्ने छ किनभने उनको परिवारलाई खान-लाउनको लागि पैसा चाहिन्छ।

アリーシャは、家族の食費や衣類のためのお金が必要なので、仕事を探さなければなりません。


अलिशाले आफ्नो देशमा काम गरिनन्, तर उनी खाना पकाउन सिपालु छिन् र मानिसहरूसँग कुरा गर्न मन पराउँछिन्।

アリーシャは母国では働いていませんでしたが、料理も得意ですし、人と話すことが好きです。


सायद उनले होटेलमा खाना बनाउने काम गर्न सक्छिन् कि? अलिशाले इन्टरनेटमा जागिर खोज्छिन्।

レストランで働くのはどうでしょう?アリーシャはインターネットで求人を検索します。


उनले शेफ पेशाको लागि विज्ञापन फेला पार्छिन्। शेफ भनेको एउटा होटेलमा खाना पकाउने मान्छे हो।

シェフの求人を見つけました。レストランで調理をする仕事です。


उनी जागिरको अन्तर्वार्ता दिन जान्छिन्। होटेल प्रबन्धकले उनलाई शेफको रूपमा तालिम लिएको व्यक्ति चाहिन्छ भनेर बताउँछन्।

アリーシャは面接に行きました。レストランのマネージャーが、シェフとしてのトレーニングを受けた人を探しているとアリーシャに言いました。


अलिशा निराश हुन्छिन्, तर उनी “खाना र आतिथ्य” भन्ने पाठ्यक्रम लिन्छिन्। यसले उनलाई रेस्टुरेन्टमा काम पाउन मद्दत गर्नेछ भन्ने उनी आशा राख्छिन्।

アリーシャはがっかりしましたが、“食とおもてなし”という講座を受けることにしました。これがレストランでの仕事を得るのに役立つこと願っています。


अलिशाले आफ्नो तालिमको क्रममा एउटा रेस्टुरेन्टमा काम गर्नुपर्छ। उनले तलब पाउँदिनन्, तर कामको अनुभव पाउँछिन्।

アリーシャは研修の一環でレストランで働く必要があります。お金はもらえませんが、レストランで働いたという経験を得られます。


उनले आफ्नो बायोडाटामा पाठ्यक्रमको विवरण थप्छिन्। बायोडाटा भनेको उनले गरेका सबै काम र उनले लिएका सबै पाठ्यक्रमहरूको विवरण हो।

アリーシャは履歴書に講座の詳細を書き加えます。履歴書は、アリーシャがこれまで経験したすべての仕事と受けたすべての講座をしるしたものです。


अर्को पटक अलिशा रेस्टुरेन्टमा जागिरको अन्तर्वार्ता दिन जाँदा उनलाई जागिरको प्रस्ताव आउँछ। यस कामकाे लागि कडा परिश्रम चाहिन्छ। उनका छोरा छोरीहरू साँझमा विद्यालयबाट घर फर्कदा उनी प्रायः काममा हुन्छिन्।

次にアリーシャがレストランに面接に行くと、仕事をオファーされました。きつい仕事です。子供達が学校から帰ってくる夕方の時間に、働くこともよくあります。


आफ्नै पैसाले परिवारका लागि खाना र लुगा किन्न सक्ने गरी जागिर पाएकोमा उनलाई गर्व छ।

アリーシャは仕事を得たことで、家族の食べ物や洋服を買うことができることをうれしく思っています。


作者: Espen Stranger-Johannessen
絵: Sunniva Høiby-Øiset
翻訳: Anup Aryal
朗読: Sakshi Karmacharya
言語: ネパール語
レベル: レベル 4
クリエイティブ・コモンズのライセンス
この作品はクリエイティブ・コモンズ クリエイティブ・コモンズ 表示 4.0 非移植 ライセンスの下に提供されています。
オプション
物語のリストに戻る ダウンロード(PDF)