पहिले उसले भुइँमा कुचो लगाउँछ।
First, he sweeps the floor with a broom.
त्यसपछि भ्याक्युम क्लिनर लगाउँछ। भ्याक्युम क्लिनरले राम्रोसँग काम गर्छ।
Then he vacuums. The vacuum cleaner works well.
त्यसपछि उसले एक बाल्टिन पानी र एउटा पोछा ल्याउँछ।
Then he gets a bucket of water and a mop.
उसले फोहोरको बाल्टी खाली गर्छ र त्यसमा नयाँ झोला राख्छ।
He empties the bin and puts a new bag in it.
उसले फोहोर बाहिर लगेर फाल्छ।
He takes out the rubbish.
उसलाई पन्जा, स्पन्ज र सफा गर्ने झोल चाहिन्छ।
He needs gloves, a sponge, and some cleaner.
उसले भुइँमा रहेको फोहोर दागमा सफा गर्ने झोल छर्कन्छ र स्पन्जले पुस्छ।
He scrubs a dirty spot on the floor with the sponge and some of the cleaner.
त्यसपछि उसले झ्याल सफा गर्छ।
Then he cleans the window.
उसको बस्ने कोठा निकै अस्तव्यस्त छ।
His living room is very messy.
उसले कोठाको सरसामान मिलाउछ। अब यो कोठा राम्रो र सफा भयो।
He tidies up. Now it is nice and clean.