अलिशालाई जागिर खोज्नु पर्ने छ किनभने उनको परिवारलाई खान-लाउनको लागि पैसा चाहिन्छ।
Alisha needs to find a job because her family needs money for food and clothes.
अलिशाले आफ्नो देशमा काम गरिनन्, तर उनी खाना पकाउन सिपालु छिन् र मानिसहरूसँग कुरा गर्न मन पराउँछिन्।
Alisha did not work in her home country, but she is good at cooking and likes talking to people.
सायद उनले होटेलमा खाना बनाउने काम गर्न सक्छिन् कि? अलिशाले इन्टरनेटमा जागिर खोज्छिन्।
Maybe she could work in a restaurant? Alisha searches on the Internet for job postings.
उनले शेफ पेशाको लागि विज्ञापन फेला पार्छिन्। शेफ भनेको एउटा होटेलमा खाना पकाउने मान्छे हो।
She finds an advert for a chef. That is someone who cooks in a restaurant.
उनी जागिरको अन्तर्वार्ता दिन जान्छिन्। होटेल प्रबन्धकले उनलाई शेफको रूपमा तालिम लिएको व्यक्ति चाहिन्छ भनेर बताउँछन्।
She goes for the job interview. The restaurant manager tells her they need someone who has trained as a chef.
अलिशा निराश हुन्छिन्, तर उनी “खाना र आतिथ्य” भन्ने पाठ्यक्रम लिन्छिन्। यसले उनलाई रेस्टुरेन्टमा काम पाउन मद्दत गर्नेछ भन्ने उनी आशा राख्छिन्।
Alisha is disappointed, but she takes a course called “Food and hospitality”. She hopes this will help her to get a job in a restaurant.
अलिशाले आफ्नो तालिमको क्रममा एउटा रेस्टुरेन्टमा काम गर्नुपर्छ। उनले तलब पाउँदिनन्, तर कामको अनुभव पाउँछिन्।
Alisha has to work in a restaurant as part of her training course. She does not get paid, but she gets work experience.
उनले आफ्नो बायोडाटामा पाठ्यक्रमको विवरण थप्छिन्। बायोडाटा भनेको उनले गरेका सबै काम र उनले लिएका सबै पाठ्यक्रमहरूको विवरण हो।
She adds the details of the course to her CV. A CV is a description of all the work she has done and all the courses she has taken.
अर्को पटक अलिशा रेस्टुरेन्टमा जागिरको अन्तर्वार्ता दिन जाँदा उनलाई जागिरको प्रस्ताव आउँछ। यस कामकाे लागि कडा परिश्रम चाहिन्छ। उनका छोरा छोरीहरू साँझमा विद्यालयबाट घर फर्कदा उनी प्रायः काममा हुन्छिन्।
Next time Alisha goes for a job interview at a restaurant, she is offered the job. It is hard work. She often has to work in the evening, when her children are home from school.
आफ्नै पैसाले परिवारका लागि खाना र लुगा किन्न सक्ने गरी जागिर पाएकोमा उनलाई गर्व छ।
She is proud that she has got a job so that she can buy food and clothes for her family with her own money.